२०८३, आश्विन २० गते

images

शेय बजारमा सामान्य सुधार, नेप्से २६३३.७६ को बिन्दुमा

शेय बजारमा सामान्य सुधार, नेप्से २६३३.७६ को बिन्दुमा

बुधवार, पौष १६ २०८२०३:४५
बुधवार, पौष १६ २०८२०३:४५
  • images

    काठमाडौं । साता कारोबारको तेस्रो दिन बुधबार शेय बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को बिन्दुमा कायम भएको छ ।

    शेयर बजार बढेसँगै आज बजारमा कारोबार भएका ३४२ वटा कम्पनीहरुको एक करोड १९ लाख कित्ता शेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा ग्रीन भेन्चर्सको १७ करोड ७९ लाख रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ ।

    त्यस्तै, बन्दीपुर केवलकारको १५ करोड ८८ लाख रुपैयाँ, श्रीनगर एग्रोटेकको १३ करोड ५८ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ९१ लाख रुपैयाँ र शिवम् सिमेन्टको १२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend