२०८३, आश्विन २० गते

images

त्रैमासिक मूल्याङ्कनमा मनाङ जिल्ला प्रशासन कार्यालय पहिलो: अन्यको प्रदर्शन कस्तो ?(सूचीसहित)

त्रैमासिक मूल्याङ्कनमा मनाङ जिल्ला प्रशासन कार्यालय पहिलो: अन्यको प्रदर्शन कस्तो ?(सूचीसहित)

बुधवार, पौष १६ २०८२०५:४७
बुधवार, पौष १६ २०८२०५:४७
  • images


    काठमाडौं । गृह मन्त्रालयको चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला प्रशासन कार्यालयले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान ओगटेको छ।

    पहिलो त्रैमासिकको २९.२५ पूर्णाङ्कमध्ये मनाङले २८.७५ अंक प्राप्त गरी शीर्ष स्थान हासिल गरेको हो। मनाङमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपसचिव नवराज पौड्याल छन्।

    दोस्रो स्थानमा ललितपुर जिल्ला प्रशासन कार्यालय रहेछ, जसले २८.२५ अंक प्राप्त गरेको छ। ललितपुरको प्रमुख जिल्ला अधिकारी सहसचिव प्रेमप्रसाद भट्टराई हुन्। तेस्रो स्थान धनकुटा जिल्ला प्रशासन कार्यालयले ओगटेको छ, जसले २८.५ अंक प्राप्त गरेको छ। धनकुटामा प्रमुख जिल्ला अधिकारी सहसचिव विनोदकुमार खड्का कार्यरत छन्।

    गृह मन्त्रालयले जिल्लाहरूलाई तीन वर्गमा छुट्याएको छ। मनाङ 'ग' वर्गमा, ललितपुर 'क' वर्गमा र धनकुटा 'ख' वर्गमा राखिएको छ।

    उत्कृष्ट नतिजा हासिल गर्ने मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल पहिला इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख थिए। अस्ट्रेलियन नेशनल युनिभर्सिटीका गोल्ड मेडलिष्ट पौड्याल भदौ ४ गते मनाङमा हाजिर भएका थिए।

    धनकुटामा सहसचिव विनोदकुमार खड्का गत कात्तिक १७ गतेदेखि, ललितपुरमा सहसचिव प्रेमप्रसाद भट्टराई कात्तिक १२ गतेदेखि जिम्मेवारी सम्हालेका छन्।

    गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्लाहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व र प्रशासनिक कार्यशैलीका आधारमा मूल्याङ्कन गर्दै आएको छ। यो मूल्याङ्कनले प्रमुख जिल्ला अधिकारीहरूको स्थानान्तरण र आगामी कार्य योजना निर्धारण गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend