२०८३, आश्विन २० गते

images
  • समाचार
  • प्रभु महालक्ष्मी लाइफका २० अभिकर्ताले २०२६...

प्रभु महालक्ष्मी लाइफका २० अभिकर्ताले २०२६ को एमडीआरटी लक्ष्य पुरा, १ जनाले सीओटी समेत चुम्न सफल

प्रभु महालक्ष्मी लाइफका २० अभिकर्ताले २०२६ को एमडीआरटी लक्ष्य पुरा, १ जनाले सीओटी समेत चुम्न सफल

सीएनएन खबर
शुक्रवार, पौष १८ २०८२०३:२२
सीएनएन खबर
शुक्रवार, पौष १८ २०८२०३:२२
  • images

    काठमाडौं । अन्तर्राष्ट्रिय अभिकर्ता संस्था मिलियन डलर राउण्ड टेबल द्वारा नेपालका लागि सन् २०२५ मा तोकिएको व्यवसायिक लक्ष्य पूरा गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका २० जना अभिकर्ताले २०२६ को MDRT लक्ष्य हासिल गर्न सफल भएका छन्।

    यी अभिकर्ताहरुले ५३ लाख रुपैयाँभन्दा बढीको व्यवसाय गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन देखाएका छन्। कम्पनीका एक जना अभिकर्ताले यससँगै Court of the Table (COT) लक्ष्य समेत पूरा गरेका छन्, जसले उनीहरूको प्राविधिक क्षमता र व्यवसायिक दक्षता पुष्टि गरेको छ।

    कम्पनीले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, राष्ट्रिय कलाकार प्रस्तुति र विशेष योजना मार्फत प्रोत्साहन गर्दै आएको छ। यसले अभिकर्ताहरूलाई उच्च लक्ष्य हासिल गर्न हौसला प्रदान गरेको कम्पनीले जनाएको छ।

    सन् २०२६ को MDRT लक्ष्य पूरा गर्ने अभिकर्ताहरूको केन्द्रीय कार्यालय र देशभरीका शाखा कार्यालयहरूले उत्सवका साथ बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend