२०८३, आश्विन २० गते

images
  • समाचार
  • एनसेलले २५० नयाँ टावरसहित २,२०० साइटको...

एनसेलले २५० नयाँ टावरसहित २,२०० साइटको क्षमता अभिवृद्धि, फोरजी नेटवर्कमा सुधार

एनसेलले २५० नयाँ टावरसहित २,२०० साइटको क्षमता अभिवृद्धि, फोरजी नेटवर्कमा सुधार

सीएनएन खबर
शुक्रवार, पौष १८ २०८२०४:४२
सीएनएन खबर
शुक्रवार, पौष १८ २०८२०४:४२
  • images

    काठमाडौं । एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच र गुणस्तर सुधारका लागि गतवर्ष देशभर २५० नयाँ टावर जडान गरेको छ। साथै २,२०० साइटको क्षमता अभिवृद्धि गरिएपछि ग्राहकहरूले उच्चगतिको डाटा र स्पष्ट भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन्।

    सातै प्रदेशका विभिन्न स्थानमा नयाँ टावर स्थापना गरिएको छ। मधेश, लुम्बिनी, र बागमती प्रदेशमा विशेष ध्यान दिँदै टावरहरू सञ्चालनमा आएका छन्। कर्णाली, सुदूरपश्चिम र अन्य प्रदेशमा पनि स्थानीय तहमा टावरहरू थपिँदै, फोरजी सेवाको पहुँच फराकिलो बनाइएको छ।

    3.jpg

    जनकपुर उपमहानगरपालिका–१७ की अनिशा मण्डलले भनिन्, “अहिलेतिर घरभित्रै पनि राम्रो नेटवर्क पाइन्छ। पढ्न र अनलाइन नोट हेर्न, भिडियो सिक्न, तथा परिवारसँग नियमित सम्पर्कमा रहन फोरजी सेवा निकै उपयोगी भएको छ।”

    कुल २५० नयाँ टावरमध्ये १९७ टावर पछिल्ला ६–७ महिनामा स्थापना गरिएका हुन् भने बाँकी ५३ टावर स्टक र स्पेयर उपकरणको अधिकतम उपयोग गर्दै सञ्चालनमा आएका हुन्।

    एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्गदत्तले बताए, “नयाँ टावरहरूले सम्बन्धित स्थानमा ग्राहकहरूलाई गुणस्तरीय भ्वाइस र उच्चगतिको डेटा सेवा उपलब्ध गराएका छन्। यसले आधारभूत सञ्चार, अध्ययन र व्यवसायमा अझ विश्वसनीय पहुँच सुनिश्चित गर्छ।”

    1.jpeg

    प्रदेशगत रूपमा, मधेशमा १०० भन्दा बढी, लुम्बिनीमा ४० भन्दा बढी, र कोशी प्रदेशमा ३५ भन्दा बढी टावरहरू सञ्चालनमा आएका छन्। नयाँ उपकरणको आयातमा चुनौती आए पनि, एनसेलले स्टक र स्पेयर उपकरणको प्रयोग गर्दै नेटवर्क विस्तार जारी राखेको छ।

    एनसेलको यो पहलले देशभर ग्राहकहरूको फोरजी पहुँच सुधार्ने र सेवाको गुणस्तर बढाउने अपेक्षा गरिएको छ। फोरजी सेवा ७७ जिल्लामा उपलब्ध भइसकेको छ र कुल जनसंख्याको ९५५ भन्दा बढीमा पुगिसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend