२०८३, आश्विन २० गते

images

राष्ट्र बैंकले निष्कासन गर्यो २५ अर्बको ऋणपत्र

राष्ट्र बैंकले निष्कासन गर्यो २५ अर्बको ऋणपत्र

आइतवार, पौष २० २०८२१०:३५
आइतवार, पौष २० २०८२१०:३५
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले तेस्रो पटक २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ’ग’ निष्कासन गरेको हो । राष्ट्र बैंकले १ वर्ष अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको जनाएको छ ।

    ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट तय गरिने जनाइएको छ । ऋणपत्रमा न्युनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ ।

    यसको सावाँ २०८३ पुस २० गते भुक्तानी हुनेछ । ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्रै आवेदन दिने सक्नेछन् ।

    ऋणपत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले त्यसलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend