२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकको...

एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकको टी-२० विश्वकप लक्षित उपभोक्ता योजना सार्वजनिक

एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकको टी-२० विश्वकप लक्षित उपभोक्ता योजना सार्वजनिक

सोमवार, पौष २१ २०८२१०:३२
सोमवार, पौष २१ २०८२१०:३२
  • images

    काठमाडौँ । एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले टी–२० विश्वकपलाई लक्षित गर्दै आकर्षक उपभोक्ता योजना सार्वजनिक गरेका छन्। ‘वर्ल्ड कप एक्स्ट्रिम इनर्जी ड्रिंक फ्यान’ र ‘वर्ल्ड कप म्याक्स टाइगर इनर्जी ड्रिंक फ्यान’ नाम दिइएको यस योजनामार्फत भाग्यशाली उपभोक्ताले चार दिनको मुम्बई भ्रमणसहित टी–२० विश्वकपमा नेपालको एक खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन्।

    कम्पनीका अनुसार योजनाअन्तर्गत कुल ४० जना विजेता छनोट गरिनेछ। तीमध्ये १५ जना देशका १५ प्रमुख सहरमा आयोजना हुने ब्रान्ड प्रवर्द्धन कार्यक्रमबाट छनोट गरिनेछन् भने बाँकी २५ जना सामाजिक सञ्जालमार्फत चयन गरिने व्यवस्था गरिएको छ।

    योजनामा सहभागी हुन इच्छुक उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंक वा म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गरी त्यससँग सम्बन्धित फोटो वा भिडियो तयार पारेर फेसबुक वा इन्स्टाग्राममा #T20XtremeEnergydrink र #T20maxtigerEnergydrink ह्यासट्याग प्रयोग गरी पोस्ट गर्नुपर्नेछ।

    सामाजिक सञ्जालमार्फत छनोट हुने २५ जना विजेताको घोषणा दुवै ब्रान्डका आधिकारिक फेसबुक पेजमार्फत लाइभ गोलाप्रथाबाट गरिने कम्पनीले जनाएको छ। त्यसैगरी, बाँकी १५ जना विजेता भने ब्रान्ड प्रवर्द्धन कार्यक्रम आयोजना हुने स्थलमै गोलाप्रथाबाट छनोट गरिनेछन्।

    ब्रान्ड प्रवर्द्धन कार्यक्रम हुने सहर र स्थानसम्बन्धी सम्पूर्ण जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकका आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ। यो उपभोक्ता योजना पुस १७ गतेदेखि माघ १६ गतेसम्म लागू हुने जनाइएको छ।

    उत्पादक कम्पनी एग्रो थाई फुड्सका अनुसार यस योजनामार्फत उपभोक्तालाई ऊर्जा, उत्साह र अविस्मरणीय क्रिकेट अनुभवसँग जोड्ने लक्ष्य लिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend