२०८३, आश्विन २० गते

images
  • समाचार
  • टी–२० विश्वकप २०२६: नेपालको नयाँ जर्सी...

टी–२० विश्वकप २०२६: नेपालको नयाँ जर्सी सार्वजनिक

टी–२० विश्वकप २०२६: नेपालको नयाँ जर्सी सार्वजनिक

सोमवार, पौष २१ २०८२०८:०७
सोमवार, पौष २१ २०८२०८:०७
  • images

    काठमाडौं ।आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। काठमाडौंमा सोमबार आयोजित विशेष कार्यक्रमबीच विश्वकप ट्रफिसहित नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको हो।

    कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी, खेलाडी तथा क्रिकेटप्रेमीहरूको उपस्थिति रहेको थियो। सार्वजनिक गरिएको जर्सीले नेपाली क्रिकेटको पहिचान, राष्ट्रिय रङ र आधुनिक डिजाइनलाई समेटेको जनाइएको छ।

    क्यानले जर्सीको मूल्यसमेत सार्वजनिक गरेको छ। खेलाडीले लगाउने आधिकारिक जर्सीको मूल्य ३ हजार ३ सय ९९ रुपैयाँ तोकिएको छ। यस्तै, कपीवाला जर्सीको मूल्य १ हजार ५ सय ९९ रुपैयाँ र फ्यानका लागि तयार गरिएको जर्सी ७ सय ९९ रुपैयाँमा उपलब्ध हुने क्यानले जनाएको छ।

    आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे क्रिकेट रंगशालामा खेल खेल्नेछ। समूह चरणमा नेपालले बेलायत, वेस्टइन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend