२०८३, आश्विन २० गते

images

कामना सेवा विकास बैकले दियो लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

कामना सेवा विकास बैकले दियो लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

मंगलवार, पौष २२ २०८२०४:५०
मंगलवार, पौष २२ २०८२०४:५०
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्नपूर्ण–३, पाउँदुर, कास्की स्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

    बैंकका पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारा नाथ पौडेललाई स्टेश्नरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले लक्ष्मी आधारभूत विद्यालयका सामाजिक–आर्थिक रूपले पिछडिएको तथा गरिब र विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने समेत बताए ।

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । 

    यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ  ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend