२०८३, आश्विन २० गते

images

एनआईसी एशिया बैंकको इटहरी शाखाका कर्मचारीमाथि अभ्रद व्यवहार

एनआईसी एशिया बैंकको इटहरी शाखाका कर्मचारीमाथि अभ्रद व्यवहार

बिहिवार, पौष २४ २०८२०२:३५
बिहिवार, पौष २४ २०८२०२:३५
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंक लि.को इटहरी शाखामा कार्यरत कर्मचारीमाथि अराजक समूहले अभ्रद व्यवहार गरेका छन् । बैंकले बिहीबार एक विज्ञप्ती जारी गर्दै कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटना प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

    ’बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीहरुसँगसँगै समग्र बैंकिङ्ग क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको छ । बैंक कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पु¥याउने उद्देश्यका साथ पेट्रोल जस्तो अति प्रज्वलनशिल पदार्थ छर्कने जस्ता कानूनद्वारा बर्जित गम्भीर कृयाकलापबाट मुलुकको आर्थिक विकासमा ठूलो योगदान पु¥याइरहेको बैंकिङ्ग क्षेत्रलाई नै नकारात्मक असर पार्ने र काम गर्ने वातावरणमा समेत गम्भीर असर पुगेको हुँदा कर्मचारीले असुरक्षा महसुस गरिरहेको अवस्था छ’, विज्ञप्तीमा भनिएको छ  
     
    कुनै पनि वहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सैह्य नहुने हुँदा उक्त घटनामा संलग्न व्यक्ति उपर सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्न र बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरुको शान्ति सुरक्षा कायम गर्न गराउन सम्बन्धित निकायसँग बैंकले अनुरोध समेत गरेको छ ।
      

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend