२०८३, आश्विन २० गते

images

एनआईसी एशिया बैंकले लकर सेवामा ३० प्रतिशत छुट दिने

एनआईसी एशिया बैंकले लकर सेवामा ३० प्रतिशत छुट दिने

शुक्रवार, पौष २५ २०८२०३:४२
शुक्रवार, पौष २५ २०८२०३:४२
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पु¥याएको छ । २०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहक महानुभावहरुले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    ग्राहकले सो बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्ने विज्ञप्तीमा उल्लेख गरेको छ । बैंकले मुलुकभरका विभिन्न शाखाहरुमा ग्राहक महानुभावहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ । 

    बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । बैंकले उपलब्ध गराएको लकर सेवा बारेमा थप जानकारीको लागि बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिनेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend