२०८३, आश्विन २० गते

images

काठमाडौँमा सुरु भयो ‘ला आसिएन्दा’ ल्याटिन अमेरिकी स्वाद, कला र डिजाइनको जीवन्त संगम

काठमाडौँमा सुरु भयो ‘ला आसिएन्दा’ ल्याटिन अमेरिकी स्वाद, कला र डिजाइनको जीवन्त संगम

सीएनएन खबर
शनिवार, पौष २६ २०८२०३:०८
सीएनएन खबर
शनिवार, पौष २६ २०८२०३:०८
  • images

    काठमाडौँ । काठमाडौँको मोक्सी होटलभित्र आधुनिक ल्याटिन अमेरिकी डाइनिङ र ककटेल अनुभव प्रदान गर्ने उद्देश्यसहित ‘ला आसिएन्दास् बार्रा ई कोसिना लाटिना’ सञ्चालनमा आएको छ। मेक्सिकन आसिएन्दाबाट प्रेरित तर समकालीन शैलीमा विकसित यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एउटै छानामुनि प्रस्तुत गरेको छ।

    पाब्लो कास्टेलानोस स्टुडियोद्वारा डिजाइन गरिएको इन्टेरियरले परम्परागत आसिएन्दा वास्तुकलालाई आधुनिक दृष्टिकोणबाट पुनर्व्याख्या गरेको छ। यहाँ आर्च डिजाइन, कलात्मक करिडोर, लाइम वाश गरिएका भित्ताहरू, कुँदिएका काठका प्यानल र जीवन्त फर्निचरको प्रयोग गरिएको छ, जसले मेक्सिको र समग्र ल्याटिन अमेरिकाको ऊर्जा र सांस्कृतिक आत्मा झल्काउँछ। चन्द्रमाबाट प्रेरित प्रकाशयुक्त बारले सम्पूर्ण स्थानलाई थप आकर्षक बनाएको छ।

    रेस्टुरेन्टभित्र कलालाई पनि विशेष महत्व दिइएको छ। मेक्सिकन कलाकार ब्रेन्डा रोआ द्वारा सिर्जित विशेष कलाकृति यहाँ प्रदर्शित गरिएको छ, जसले ला आसिएन्दालाई केवल भोजनस्थल मात्र नभई सांस्कृतिक अनुभवको केन्द्रका रूपमा स्थापित गरेको छ।

    ला आसिएन्दा स्मृति, यात्रा र सांस्कृतिक आदान प्रदानबाट प्रेरित अवधारणा हो। मोक्सी काठमाडौँभित्र अवस्थित यस रेस्टुरेन्टले पाहुनालाई ल्याटिन अमेरिकाका विभिन्न देशका परिकारहरूको स्वादयात्रामा लैजान्छ। यस यात्राको आधार मेक्सिकन शेफ मार्टिन हर्नान्डेज हार्नान्डेज का व्यक्तिगत अनुभव, भ्रमण गरेका भूगोल र त्यहाँका मौलिक स्वादहरू हुन्।

    मेनुमा मेक्सिकोका परम्परागत तथा सशक्त टाकोदेखि पेरुका ताजा सेभिचेसम्म समावेश छन्। साथै, शेफका विभिन्न ल्याटिन अमेरिकी देशका यात्राबाट प्रेरित परिकारहरू पनि प्रस्तुत गरिएका छन्। प्रत्येक परिकारले एउटा कथा भन्छ भने टकिला, मेज्काल र ककटेलहरूले त्यस कथालाई अझ समृद्ध बनाउँछन्।

    सामान्य भेटघाटदेखि विशेष अवसरसम्म उपयुक्त यस रेस्टुरेन्टमा सहज र आरामदायी वातावरण सिर्जना गरिएको छ। केन्द्रमा रहेको डेडिकेटेड ककटेल बारलाई सामाजिक जमघटको मुख्य केन्द्रका रूपमा डिजाइन गरिएको छ, जहाँ पाहुनाले हल्का पेयदेखि पूर्ण डाइनिङ अनुभव लिन सक्छन्।

    मोक्सी काठमाडौँभित्र अवस्थित ला आसिएन्दा होटलका पाहुना र काठमाडौँवासी दुवैका लागि लाइफस्टाइल केन्द्रित नयाँ डाइनिङ गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ, जसले राजधानीको मुटुमा फरक र विशिष्ट ल्याटिन अमेरिकी स्वाद र संस्कृतिको अनुभव गराउने अपेक्षा गरिएको छ।

    मोक्सी काठमाडौँ मेरियट इन्टरनेशनल अन्तर्गतको आधुनिक लाइफस्टाइल होटल हो। स्मार्ट डिजाइन, सामाजिक अन्तरक्रिया र कार्यक्षमतामा केन्द्रित यस होटलले स्टाइलिश कोठा, जीवन्त सामाजिक स्पेस, कामका लागि अनुकूल लाउन्ज तथा क्युरेटेड फुड एन्ड बेभरेज अनुभव प्रदान गर्दछ। मोक्सी काठमाडौँ विशेषगरी व्यवसायिक यात्रु, डिजिटल नोमाड र आधुनिक जीवनशैली रुचाउने पाहुनाहरूलाई लक्षित गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend