२०८३, आश्विन २० गते

images

इनारमा फालेको अवस्थामा ललितपुरमा वृद्ध पुरुषको शव फेला

इनारमा फालेको अवस्थामा ललितपुरमा वृद्ध पुरुषको शव फेला

सोमवार, पौष २८ २०८२०३:३८
सोमवार, पौष २८ २०८२०३:३८
  • images

    काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल नजिकै बाफल क्षेत्रमा बोरामा प्याक गरी इनारमा फालेको अवस्थामा एक वृद्ध पुरुषको शव फेला परेको छ।

    मृतकको पहिचान इलाम घर भई ललितपुर महानगरपालिका–१७ स्थित प्रसिद्धि टोलमा बस्दै आएका गर्जमान थापा (८३) का रूपमा भएको ललितपुर प्रहरीका एसएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्।

    थापा पुस २६ देखि हराइरहेको भन्दै परिवारले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका थिए। सोही आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा बाफल भन्ने स्थानको इनारमा शव फेला पारेको हो।

    एसएसपी बोगटीका अनुसार शव बोरामा पोको पारेर इनारमा फालेको देखिएको छ। “प्रारम्भिक अनुसन्धानबाट हत्या गरेर इनारमा फालेको देखिन्छ, हामी घटनाको विस्तृत अनुसन्धान गर्दैछौँ,” उनले बताए।

    घटनामा संलग्न हुन सक्ने आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend