२०८३, आश्विन १९ गते

images
  • अटो
  • टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदीको...

टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदीको सहायता

टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदीको सहायता

मंगलवार, पौष २९ २०८२०४:१७
मंगलवार, पौष २९ २०८२०४:१७
  • images

    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रा.लि.का ‘टाटा गुरु’ सुभाष शर्मा गम्भीर स्नायु सम्बन्धी (न्युरोलोजिकल) समस्याका कारण काठमाडौंस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत रहेका छन्।

    ललितपुरको सानेपा निवासी शर्मा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आफ्नो सीप, दक्षता र अनुभवमार्फत उल्लेखनीय योगदान पुर्‍याउँदै आएका व्यक्तित्व हुन्। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्थामा देखिएको जटिलताका कारण दीर्घकालीन उपचार आवश्यक पर्ने भएकाले उपचार खर्च व्यवस्थापन परिवारका लागि चुनौतीपूर्ण बन्दै गएको छ।

    यस संवेदनशील अवस्थामा सिप्रदी अटो पार्ट्सले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै ‘सिप्रदी सहायता’ कार्यक्रममार्फत शर्माको उपचारका लागि प्रारम्भिक आर्थिक सहयोग प्रदान गरेको जनाएको छ। कम्पनीले आफ्ना सहकर्मीको जीवन रक्षाका लागि देखाएको तत्परताले संस्थाको मानवीय मूल्य र कर्मचारीप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

    सिप्रदी अटो पार्ट्सले शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो कठिन घडीमा अन्य सहयोगी मनहरू, विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायहरूलाई समेत मानवीय संवेदनाका आधारमा यथोचित सहयोग गरिदिन हार्दिक अपिल गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend