२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः...

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

मंगलवार, पौष २९ २०८२०४:४३
मंगलवार, पौष २९ २०८२०४:४३
  • images

    काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुँदै आएको फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ। बैंकले सोमबार बिहान आयोजित ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौँ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई औपचारिक रूपमा स्वागत गरेको हो।

    कार्यक्रमअन्तर्गत चौथो र पाँचौँ समूहका ४० जना सहभागीलाई नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले प्रमाणपत्र वितरण गरेका थिए। सोही अवसरमा छैटौँ समूहका २० जना सहभागीलाई स्वागत गरिएको थियो। कार्यक्रममा फेलोसिपमा सहभागी सामाजिक उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनी पनि गरिएको थियो।

    कार्यक्रमका अध्यक्ष पौडेलले नबिल एसएसईले युवाहरूलाई उद्यममार्फत नेपालमै केही गर्न सकिन्छ भन्ने सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। नबिल एसएसईका प्रशिक्षार्थीहरूले हालसम्म करिब १७ हजार रोजगारी सृजना गरिसकेको उल्लेख गर्दै उनले यो कार्यक्रम अझ प्रभावकारी बनाउन सबै सरोकारवालाको भूमिका आवश्यक रहेको बताए।

    कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले नबिल बैंकले सुरु गरेको यो कार्यक्रम समाजका लागि उदाहरणीय भएको बताए। त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै उनले आगामी दिनमा पनि सहकार्यलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

    नबिल बैंकका सञ्चालक निर्वाण कुमार चौधरीले पाँच वर्षअघि सुरु गरिएको यो कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे। “हालसम्म करिब २०० उद्यम स्थापना भई १७ हजारभन्दा बढी रोजगारी सृजना भएको छ,” उनले भने, “अब यो कार्यक्रम बैंक र विश्वविद्यालयको मात्रै नभई सबै सरोकारवालाको साझा पहल बनेको छ।”

    त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्टका निर्देशक डा. गोविन्द तामाङले नबिल एसएसईसँग सुरुदेखि सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले नबिल बैंकसँगको सहकार्य सन् २०२८ सम्मका लागि सम्झौता भइसकेको जानकारी दिँदै कार्यक्रम व्यवहारिक र अनुभवमा आधारित रहेको उल्लेख गरे।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले स्वागत मन्तव्य दिँदै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलतामा प्राथमिकता दिँदै आएको बताए। उद्यमशीलतामार्फत दिगो विकास र रोजगारी सृजना बैंकको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

    नबिल बैंकले सन् २०२१ नोभेम्बर २६ गतेदेखि त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा ‘नबिल एसएसई’ सुरु गरेको हो। छ महिनासम्म सञ्चालन हुने फेलोसिप कार्यक्रममा सहभागीहरूले आवासीय प्रशिक्षण, मेन्टरसिप, नेटवर्किङ तथा व्यवहारिक सहजीकरण पाउँछन्। हालसम्म फेलोसिप कार्यक्रमबाट ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन्, जसले ६२ उद्यम सञ्चालन गरी १४ हजार पाँच सयभन्दा बढी रोजगारी सृजना गरेका छन्।

    त्यसैगरी, नबिल बैंकले देशभरका १० वटा शैक्षिक संस्थामार्फत नबिल एसएसई सर्टिफिकेट कोर्स सञ्चालन गर्दै आएको छ। यसबाट सातै प्रदेशका एक हजार ६९ जनाले लाभ लिइसकेका छन्, जसले १३१ उद्यममार्फत दुई हजार पाँच सयभन्दा बढी रोजगारी सृजना गरेका छन्।

    नबिल बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित नबिल एसएसईलाई दिगो विकास र रोजगारी सृजनाको प्रमुख आधारका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend