२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे...

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन उपसमिति गठन

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन उपसमिति गठन

बिहिवार, भाद्र २७ २०८१०२:२५
बिहिवार, भाद्र २७ २०८१०२:२५
  • images

    काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको छ । 

    उपसमितिमा कांग्रेसबाट हृदयराम थानी, राप्रपाबाट बुद्धिमान तामाङ, एमालेबाट रघुजी पन्त, माओवादीबाट हितराज पाण्डे, जसपाबाट अशोक राई, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल र रास्वपाबाट चन्दा कार्की सदस्य रहेका छन् ।

    बिहीबार बसेको समिति बैठकमा यो विषयमा छलफल भएको थियो । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने ? भन्नेमा प्रष्ट हुनुपर्ने बताए । प्रवेश गर्न नहुनेमा आम सहमति देखिएता पनि सरकारी रकम गएको हकमा के गर्ने ? भनेर विषयमा पनि प्रष्ट हुनुपर्ने बताए । 

    समितिका सभापति रामहरि खतिवडाले यी प्रश्नको जवाफ खोज्ने काम उपसमितिले गर्ने गरी निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानलाई थाती राखेर छलफल अगाडि बढाए । 'अब यो विषयमा उपसमितिले थप काम गर्ने गरी यो प्रावधान थाती राखेर अगाडि गयौं,' सभापति खतिवडाले भने ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend