२०८३, आश्विन २० गते

images

एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद, ४ जना पक्राउ

एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद, ४ जना पक्राउ

बुधवार, पौष ३० २०८२१०:२०
बुधवार, पौष ३० २०८२१०:२०
  • images

    काठमाडौँ । सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। लुटिएको रकम बरामद भए पनि लुटेरा भने फरार भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

    चार–पाँच जनाको संख्यामा रहेका लुटेराले मंगलबार साँझ बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेका थिए। 

    सुरक्षागार्ड रुद्र कार्कीसहितलाई लुटेराले कुटपिट गरेका हुन्। लुटेराहरु सवार गाडी र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। 

    ४ जना पक्राउ

    मंगलबार राति भएको बैंक लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए । ‘४ जना पक्राउ परेका छन, थप जानकारी प्राप्त भएको छैन’, एसपी लालध्वज सुवेदीले भने ।

    मंगलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँचर छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए ।

    एसबिआई बैंकको शाखामा हतियार देखाएर करोडौ लुटपाट, जंगलमा भेटियो पैसाको बोरा एसबिआई बैंकको शाखामा हतियार देखाएर करोडौ लुटपाट, जंगलमा भेटियो पैसाको बोरा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend