२०८३, आश्विन २० गते

images

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

सीएनएन खबर
बुधवार, पौष ३० २०८२०२:३४
सीएनएन खबर
बुधवार, पौष ३० २०८२०२:३४
  • images

    काठमाडौं । कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। बैंकको साधारण सभा काठमाडौंको थिरबम सडक, टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजना गरिएको हो।

    साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरू पारित गरेको छ। यी प्रस्तावहरू सभामा सामान्य प्रस्तावका रूपमा पेस गरिएको थियो।

    कुमारी बैंकले हाल देशभर ३०२ वटा शाखा, ३१६ एटीएम, ५० वटा एक्सटेन्सन काउन्टर तथा ४८ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ र वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend