२०८३, आश्विन २० गते

images

तराईमा हुस्सु र तुवाँलो, जनजीवन आंशिक प्रभाव

तराईमा हुस्सु र तुवाँलो, जनजीवन आंशिक प्रभाव

शुक्रवार, माघ २ २०८२०७:२६
शुक्रवार, माघ २ २०८२०७:२६
  • images

    काठमाडौं । नेपालमा हाल मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

    आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    तराई भूभागमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, साथै हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend