काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थानीय लघु, साना तथा मझौला उद्योग ९एमएसएमई० को प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ग्लोबल हाट बजार ५०औं हप्तामा प्रवेश गरेको छ। बैंकले शुक्रबार ५०औं संस्करणको ग्लोबल हाट बजार आयोजना गर्न लागेको हो।
बैंकका अनुसार साप्ताहिक रूपमा आयोजना हुँदै आएको यो हाट बजारले स्थानीय उद्यमीहरूलाई आफ्ना उत्पादनहरू प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुर्याउने प्रभावकारी प्लेटफर्मका रूपमा आफूलाई स्थापित गरेको छ।
परम्परागत रैथाने वस्तु, हस्तकला, घरेलु खाद्य सामग्री, जैविक उत्पादनदेखि आधुनिक साना उद्योगका सामग्रीसम्म यस बजारमा प्रदर्शन तथा बिक्री हुँदै आएको छ।

