२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी...

एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमार्फत उपलब्ध

एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमार्फत उपलब्ध

शुक्रवार, माघ २ २०८२०२:४२
शुक्रवार, माघ २ २०८२०२:४२
  • images

    काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ, गैरबैंकिङ तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको छ। बैंकले यसका लागि विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।

    बैंकका अनुसार लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको सम्पूर्ण विवरण, फोटो, नक्सा, कित्ता नम्बर, क्षेत्रफल, तथा सम्पत्तिको स्थान (लोकेसन) लगायतका जानकारी उक्त अनलाइन पोर्टलमार्फत प्राप्त गर्न सकिन्छ। साथै, सम्पत्तिको पहिचानका लागि गुगल म्यापको सुविधा पनि समावेश गरिएको छ।

    लिलाम बिक्रीसम्बन्धी सूचना प्रकाशित गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी वा बैंकको अनलाइन पोर्टल https://auctionassistance.nicasiabank.com मार्फत प्रत्यक्ष रूपमा पहुँच गर्न सकिने बैंकले जनाएको छ।

    यदि ग्राहकले लिलाम बिक्रीमा राखिएको कुनै सम्पत्तिबारे थप जानकारी लिन चाहेमा, सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर तथा सम्पर्क विवरण उल्लेख गरी सन्देश पठाउन सकिने व्यवस्था गरेको छ।

    बैंकले नियमित रूपमा उक्त अनलाइन पोर्टलमार्फत बैंकिङ तथा गैरबैंकिङ सम्पत्ति, धितो सुरक्षणमा रहेका सम्पत्ति र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू सार्वजनिक गर्दै जाने जनाएको छ। इच्छुक खरिदकर्ताले उक्त पोर्टलमार्फत विस्तृत जानकारी लिई लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend