२०८३, आश्विन २० गते

images

कामना सेवा विकास बैकले दियो आधारभूत स्वास्थ्य केन्द्र झापालाई वाटर डिस्पेन्सर

कामना सेवा विकास बैकले दियो आधारभूत स्वास्थ्य केन्द्र झापालाई वाटर डिस्पेन्सर

सीएनएन खबर
आइतवार, माघ ४ २०८२१०:४०
सीएनएन खबर
आइतवार, माघ ४ २०८२१०:४०
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय इट्टाभट्टा मार्फत मेचीनगर नगरपालिका ०८, झापा, सृजनाचोक स्थित आधारभूत स्वास्थ्य केन्द«लाई वाटर डिस्पेन्सर हस्तान्तरण सम्पन्न गरेको छ ।

    बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले स्वास्थ्य केन्द«का प्रमुख दिवाकर पौडेललाई मेचीनगर नगरपालिका ०८, सृजनाचोक, झापाका वडा अध्यक्ष गिरीराज धमलाको उपस्थितीमा वाटर डिस्पेन्सर हस्तान्तरण गरे । 

    बैंकको यस सहयोगबाट उक्त स्वास्थ्य केन्द«मा सेवा लिन आउने सबै वर्गका बिरामीहरु लाभान्वित हुने तर विशेषगरी गरिब तथा असाहय सेवाग्राहीहरुका लागि यो सुविधाले सहजता ल्याउने विश्वास स्वास्थ्य केन्द«का प्रमुख पौडेलले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गर्नुभएकोमा बैंकलाई धन्यवाद पनि ज्ञापन दिए ।

    यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ  ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend