काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार विशेष अदालत काठमाडौँमा दार्जुला जिल्लाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट, तत्कालीन लेखापाल घनश्याम जोशी, इन्जिनियर राजेन्द्र सिंह धामी, सबइन्जिनियर मदन विष्ट, नाप्रास अम्बिका बिष्ट, उपभोक्ता समितिका अध्यक्ष रुपेश विष्ट, सचिव प्रकाश विष्ट र कोषाध्यक्ष पुजा बिष्ट विरुद्ध मुद्धा दायर गरेको हो ।
उनीहरु विरुद्ध आयोगले २३ लाख ७५ हजार रुपैयाँ मागदाबी गर्दै आयोगले मुद्धा दायर गरेको हो । उनीहरु माथि नागार्जुन दानेश्वर आधुनिक बाख्रा फार्म निर्माणमा अनियमितताको आरोप लागेको छ ।

