२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • भारत नजाने अडानमा बंगलादेश, टी–२० विश्वकप...

भारत नजाने अडानमा बंगलादेश, टी–२० विश्वकप खेल्ने मौका स्कटल्यान्डलाई मिल्न सक्छ

भारत नजाने अडानमा बंगलादेश, टी–२० विश्वकप खेल्ने मौका स्कटल्यान्डलाई मिल्न सक्छ

सीएनएन खबर
सोमवार, माघ ५ २०८२१२:५९
सीएनएन खबर
सोमवार, माघ ५ २०८२१२:५९
  • images

    काठमाडौं । बंगलादेशले २०२६ को आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषयमा जनवरी २१ सम्म अन्तिम निर्णय लिनुपर्ने भएको छ । आईसीसीले ढाकामा सम्पन्न बैठकमार्फत बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई सो समयसीमा जानकारी गराएको हो ।

    बीसीबीले विश्वकप खेल्न चाहेको भए पनि भारतमा खेल्न नसक्ने अडान दोहोर्‍याएको छ । भारतमा खेल्दा सुरक्षाको चिन्ता रहेको भन्दै बंगलादेशले श्रीलंका सह–आयोजक भएकाले वैकल्पिक स्थल बनाउन सकिने प्रस्ताव अघि सारेको छ । तर आईसीसीले तालिका परिवर्तन नहुने स्पष्ट पार्दै बंगलादेशलाई समूह ‘सी’ मै राख्ने अडान लिएको छ ।

    तालिकाअनुसार बंगलादेशको पहिलो खेल फेब्रुअरी ७ मा कोलकातामा वेस्ट इन्डिजविरुद्ध हुनेछ । त्यसपछि उसका थप दुई खेल पनि कोलकातामै र अन्तिम समूह खेल मुम्बईमा हुने तय छ ।

    आईसीसीले भारतमा कुनै विशेष सुरक्षा खतरा नरहेको भन्दै बंगलादेशलाई आश्वस्त पारेको छ । स्वतन्त्र सुरक्षा एजेन्सीको प्रतिवेदनअनुसार भारतमा समग्र खतरा स्तर मध्यमदेखि उच्च भए पनि कुनै पनि सहभागी टोलीमाथि प्रत्यक्ष खतरा देखिएको छैन ।

    यदि बंगलादेशले भारत जान अस्वीकार गरेमा, आईसीसीले उसको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराउने तयारी गरेको छ । स्कटल्यान्ड युरोप छनोट पार गर्न नसक्दा विश्वकपमा छनोट हुन सकेको थिएन । तर बंगलादेश बाहिरिएमा हाल विश्वकप नखेलेका टोलीमध्ये सबैभन्दा माथिल्लो वरियतामा रहेकाले स्कटल्यान्डले अवसर पाउनेछ ।

    यो विवाद आईपीएल टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि सुरु भएको हो । त्यसपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमा प्रतिबन्ध लगाएको थियो भने बीसीबीले भारतमा विश्वकप नखेल्ने भन्दै आईसीसीलाई औपचारिक पत्र पठाएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend