२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • विश्वकपको मुखमै क्यान अध्यक्षको राजनीतिक दौड,कति...

विश्वकपको मुखमै क्यान अध्यक्षको राजनीतिक दौड,कति सान्दर्भिक कति असान्दर्भिक

विश्वकपको मुखमै क्यान अध्यक्षको राजनीतिक दौड,कति सान्दर्भिक कति असान्दर्भिक

मंगलवार, माघ ६ २०८२११:४३
मंगलवार, माघ ६ २०८२११:४३
  • images

    काठमाडौं । नेपाली क्रिकेट टिम ऐतिहासिक उपलब्धि र विश्वकप यात्राको निर्णायक मोडमा उभिएको बेला नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सक्रिय राजनीति रोज्नुले गम्भीर प्रश्न खडा गरेको छ। विश्व क्रिकेटमा नेपाललाई स्थापित गराउने निर्णायक समयमा संघको नेतृत्व नै कमजोर बनाउने उनको निर्णयप्रति खेलप्रेमी र क्रिकेट वृत्तबाट तीव्र आलोचना सुरु भएको छ।

    नेपाली टिम अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराइरहेका बेला क्यान अध्यक्ष प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा लाग्नु ‘समयप्रतिको गैरजिम्मेवारी’ भएको टिप्पणी भइरहेको छ। क्रिकेट विकासका लागि दीर्घकालीन योजना, संरचना सुधार र अन्तर्राष्ट्रिय समन्वय आवश्यक पर्ने बेला अध्यक्ष स्वयं चुनावी राजनीतिमा केन्द्रित हुनुले संघको प्राथमिकता के हो भन्ने प्रश्न उठाएको छ।

    क्रिकेट नेपाललाई विश्वसामु चिनाउने सबैभन्दा बलियो माध्यम बनेको छ। यही क्रिकेटका कारण नेपाल विश्व मञ्चमा पुगेको यथार्थ बिर्सिएर चन्दले व्यक्तिगत राजनीतिक महत्वाकांक्षालाई अघि सारेको आरोप लागिरहेको छ। “विश्वकपको संघारमा संघको नेतृत्व स्थिर, केन्द्रित र पूर्णकालीन हुनुपर्छ,” एक पूर्वक्रिकेटर भन्छन्, “तर अध्यक्ष स्वयं राजनीतिमा होमिनु नेपाली क्रिकेटप्रतिको उपेक्षा हो।”

    क्यान अध्यक्ष पद जस्तो संवेदनशील जिम्मेवारी सम्हालेको व्यक्तिले राजनीतिक उम्मेदवारी दिनु अघि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज पनि चर्किएको छ। तर चन्दले त्यो जिम्मेवारीलाई हल्का रूपमा लिएको आरोप खेलप्रेमीहरू लगाउँदै छन्। सामाजिक सञ्जालमा ‘क्रिकेट कि राजनीतिरु’ भन्ने प्रश्नसहित आलोचनात्मक टिप्पणीहरू व्यापक रूपमा फैलिएका छन्।

    नेपाललाई विश्व क्रिकेटमा पुर्‍याउने यात्रामा खेलाडी, प्रशिक्षक र समर्थकले गरेको संघर्षको सम्मान गर्नुको सट्टा नेतृत्वले नै अस्थिरता निम्त्याउनु गलत सन्देश भएको टिप्पणी भइरहेको छ। “क्रिकेटले चन्दलाई चिनायो, तर चन्दले क्रिकेटलाई बिर्सिए,” भन्ने कठोर प्रतिक्रिया पनि देखिन थालेका छन्।

    विश्वकपजस्तो संवेदनशील समयमै क्यान अध्यक्षको ध्यान राजनीति तर्फ मोडिनु नेपाली क्रिकेटका लागि शुभ संकेत होइन। नेतृत्वको यो निर्णयले खेलकुदभन्दा सत्ता प्राथमिकतामा परेको स्पष्ट देखिएको भन्दै चन्दको कदमलाई गैरजिम्मेवार र अवसरवादी निर्णयका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend