२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • २९२५ उम्मेदवारी दर्ताः रुपन्देही २ र...

२९२५ उम्मेदवारी दर्ताः रुपन्देही २ र ३ मा सबैभन्दा बढी ३५, मुस्ताङमा चार जना मात्र

२९२५ उम्मेदवारी दर्ताः रुपन्देही २ र ३ मा सबैभन्दा बढी ३५, मुस्ताङमा चार जना मात्र

मंगलवार, माघ ६ २०८२०९:२३
मंगलवार, माघ ६ २०८२०९:२३
  • images

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ आज माघ ६ गते उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। साँझ ६ बजेसम्म दुई हजार ९२५ उम्मेदवारी परेको छ।

    उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरे । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा पनि व्यक्त गरे । 

    निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको बताउनुभयो। सचिव राउतका अनुसार जसमध्ये महिला उम्मेदवार ३३६ र पुरुष दुई हजार ५८९ रहेको छ। यस्तै अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्र क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ।

    आयोगले प्रारम्भिक विवरण मंगलबार राति नै सार्वजनिक गर्ने छ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३:०० बजेदेखि माघ ८ गते बेलुका ५:०० बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचवुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५:०० बजेदेखि ७:०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते विहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४:०० बजेदेखि साँझ ७:०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend