२०८३, आश्विन २० गते

images

मर्स्याङ्दी गाउँपालिकामा कृषि मेला प्रदर्शनी

मर्स्याङ्दी गाउँपालिकामा कृषि मेला प्रदर्शनी

बुधवार, माघ ७ २०८२०७:२७
बुधवार, माघ ७ २०८२०७:२७
  • images

    काठमाडौं । राष्ट्रिय कृषि जैविक विविधता सप्ताह २०८२ को अवसरमा मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा वडा नं. ३ खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा भव्य कृषि मेला तथा प्रदर्शनी सम्पन्न भएको छ।

    गाउँपालिकाभित्र उत्पादन भएका ५९ प्रकारका कृषि बाली तथा पशुजन्य उपजको प्रदर्शनी गरिएको मेलामा विभिन्न वडाबाट आएका किसान, कृषक समूह, कृषि फर्म तथा सहकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मेलामा रैथाने धानका ६३ जात, कागुनो, सागसब्जी, फलफूल, तरकारी, मसला लगायतका कृषि उपजसँगै भाले, भैंसी, बोका, माछा जस्ता पशुजन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका थिए।

    मेलाका अवसरमा कृषि विकास कार्यालय लमजुङद्वारा बाली उपचार शिविर सञ्चालन गरिएको थियो भने ग्रामीण तालिम केन्द्र सिम्पानीद्वारा माटो परीक्षण शिविर आयोजना गरिएको थियो। साथै विभिन्न आधुनिक कृषि प्रविधि तथा सामग्रीहरूको समेत प्रदर्शनी गरिएको थियो।

    गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स्थानीय उत्पादनको प्रवर्द्धन, आधुनिक कृषि प्रविधिको विस्तार तथा कृषकहरूको आत्मबल अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो। मेलामा उत्कृष्ट कृषि तथा पशुजन्य उत्पादनहरूलाई प्रतिस्पर्धामार्फत पुरस्कारसमेत प्रदान गरिएको थियो।

    मेलालाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण किसान, कृषक समूह, कृषि फर्म तथा सहकारीहरू, अमर मावि, हिमचुली अमाविका शिक्षक–शिक्षिका, विद्यार्थी, सञ्चारकर्मी तथा कर्मचारीप्रति मर्स्याङ्दी गाउँपालिकाले आभार व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend