२०८३, आश्विन १९ गते

images

गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै

गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै

शुक्रवार, भाद्र २८ २०८१०१:२४
शुक्रवार, भाद्र २८ २०८१०१:२४
  • images

    काठमाडौं ।  गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि स्क्रिनिङ गरिने बताए । 

    उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु एक करोड बजेटसमेत विनियोजन गरेको उनको भनाइ छ । ‘नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएको अध्ययनले देखाएको छ’, उनले भने, ‘अस्वस्थकर खानपान, जीवनशैली आदिका कारण यस्ता रोगबाट धेरै मानिस आक्रान्त बनेका छन्, यसको समयमै निदान र उपचारको व्यवस्था गर्नुपर्छ ।’ 

    उनले गाउँगाउँ पुगेर नसर्ने रोगको स्क्रिनिङ गरिने बताए । स्वास्थ्यमन्त्री पाठकले उक्त कार्यक्रमले गण्डकी प्रदेशमा नसर्ने रोगको अवस्था पत्ता लाग्ने बताए ।उनले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने धेरै विषय रहेको भन्दै नीतिगत प्रबन्धमार्फत तीनको समाधान खोजिने बताए । ‘अस्पताल र स्वास्थ्यसंस्थामा दक्ष जनशक्ति र उपकरणको अभाव छ, कतै जनशक्ति भएका ठाउँमा उपकरण छैन, कतै भएको उपकरण प्रयोगमा ल्याउन सकिएको छैन’, उनले भने, ‘यसको मिहिन अध्ययन गरेर मन्त्रालयले नयाँ नीतिगत योजना ल्याउँछ ।’

    उनले प्रदेश मातहत रहेको अस्पताल र स्वास्थ्य संस्थाको सेवालाई चुस्त र गुणस्तरीय बनाउन आफूले पहल लिने बताए । स्वास्थ्यमन्त्री पाठकले स्वास्थ्य बीमाबाट उपचार सेवा लिन सेवाग्राहीले भोग्नुपरेको झण्झट हटाउने बताए । बीमामार्फत उपचार सेवा लिन लाम बस्नुपर्ने बाध्यता छ । स्वास्थ्यमन्त्री पाठकलले धवलागिरि उपप्रादेशिक अस्पतालमा चिकित्सा विषय पठनपाठनका लागि पहल गर्ने बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend