२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • टी–२० विश्वकप तयारीः नेपाल र श्रीलंका...

टी–२० विश्वकप तयारीः नेपाल र श्रीलंका ‘ए’ बिच दोस्रो अभ्यास खेल हुँदै

टी–२० विश्वकप तयारीः नेपाल र श्रीलंका ‘ए’ बिच दोस्रो अभ्यास खेल हुँदै

बिहिवार, माघ ८ २०८२०९:०५
बिहिवार, माघ ८ २०८२०९:०५
  • images

    काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज दोस्रो अभ्यास टी–२० खेल खेल्दैछ ।

    नेपाल र श्रीलंका ‘ए’ बिचको अभ्यास खेल दिउँसो सवा २ बजेदेखि कोल्ट्स क्रिकेट क्लब ग्राउन्डमा हुनेछ । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालले दिएको १८६ रनको लक्ष्य श्रीलंका ‘ए’ ले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।

    अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली र श्रीलंका ‘ए’ बिचको तेस्रो अभ्यास खेल शनिबार हुनेछ । श्रीलंका भ्रमणपछि नेपाली टोली भारत जानेछ । भारतमा टोलीले मुम्बईको एमसीए प्रेसिडेन्ट–११ सँग तीन अभ्यास टी–२० खेल खेल्ने तालिका रहेको छ ।

    आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले प्रतियोगिताको पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend