२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • नेपाललाई जितका लागि नेदरल्यान्ड्सबाट १४१ रनको...

नेपाललाई जितका लागि नेदरल्यान्ड्सबाट १४१ रनको लक्ष्य

नेपाललाई जितका लागि नेदरल्यान्ड्सबाट १४१ रनको लक्ष्य

सीएनएन खबर
बिहिवार, माघ ८ २०८२१०:३९
सीएनएन खबर
बिहिवार, माघ ८ २०८२१०:३९
  • images

    काठमाडौँ । आईसीसी महिला विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले जितका लागि नेदरल्यान्ड्सबाट १४१ रनको लक्ष्य पाएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको हो।

    नेदरल्यान्ड्सका लागि बबेटे डे लिडेले सर्वाधिक ४९ रन बनाइन्। उनी कप्तान रुबिना क्षेत्रीको बलमा कट एण्ड बोल्ड भइन्। त्यस्तै, स्टेरे कालिसले ३० रन बनाउँदै रिया शर्माको बलमा बोल्ड आउट भइन्।

    नेपालले खेलको सुरुवातमै उत्कृष्ट बलिङ गर्दै नेदरल्यान्ड्सलाई दबाबमा राखेको थियो। दोस्रो ओभरमै दुई विकेट गुमाउँदा नेदरल्यान्ड्स संकटमा परेको हो। पहिलो ओभरको चौथो बलमा ओपनर पेभे मोल्केबोइर शून्य रनमै सुमन विष्टको बलमा सम्झना खड्काको हातबाट क्याच आउट भइन्।

    त्यसपछि दोस्रो ओभरको तेस्रो बलमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा पूजा महतोको बलमा कप्तान रुबिना क्षेत्रीको हातबाट क्याच आउट हुन पुगिन्।

    नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २ विकेट लिइन् भने सुमन विष्ट, पूजा महतो र रिया शर्माले समान १–१ विकेट हात पारे।

    नेपालले केहीबेरमा लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend