२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • बालेन पाथीभरा क्षेत्रमा: शुक्रबार दर्शनपछि दमक...

बालेन पाथीभरा क्षेत्रमा: शुक्रबार दर्शनपछि दमक झर्ने

बालेन पाथीभरा क्षेत्रमा: शुक्रबार दर्शनपछि दमक झर्ने

बिहिवार, माघ ८ २०८२११:१२
बिहिवार, माघ ८ २०८२११:१२
  • images

    आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साह यतिबेला पूर्वी पहाडी क्षेत्रमा छन्। चुनावी दौडधुपकै बीच उनी बिहीबार साँझ प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनका लागि ताप्लेजुङ पुगेका हुन्।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा चुनौती दिँदै उम्मेदवारी दिएका साहको यो यात्रा धार्मिक आस्थाको अभिव्यक्ति हो वा राजनीतिक सन्देशसहितको ‘हाइकिङ’, त्यो भने खुल्न सकेको छैन।

    बिहीबार दिउँसो ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पुगेका साह त्यहाँ धेरै समय नबिताई पाथीभरातर्फ प्रस्थान गरेका थिए। फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनका अनुसार बालेनसहितको टोलीले पाथीभरा मन्दिरको प्रवेशद्वार मानिने ‘काफ्ले पाटी’ मा बास बस्ने सम्भावना छ।

    गाडी पुग्ने अन्तिम बिन्दुबाट करिब चार घण्टाको पैदल यात्रापछि मात्रै ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुगिन्छ। पछिल्लो समय यो मार्ग युवामाझ लोकप्रिय ‘हाइकिङ ट्रेल’का रूपमा पनि परिचित हुँदै आएको छ। साह पनि सोही रुट हुँदै पैदल यात्रामार्फत मन्दिर पुग्ने जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend