२०८३, श्रावण २५ गते

images
  • राजनीति
  • बालेन गरे पब्लिक डिबेट अस्वीकार, भनेः...

बालेन गरे पब्लिक डिबेट अस्वीकार, भनेः ७३ जनो बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्च शेयर गर्दिन

बालेन गरे पब्लिक डिबेट अस्वीकार, भनेः ७३ जनो बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्च शेयर गर्दिन

images
आइतवार, माघ ११ २०८२१०:२२
आइतवार, माघ ११ २०८२१०:२२
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताइरहँदा प्रधानमन्त्रीको उम्मेदवारका नाममा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०ले सहभागी नहुने प्रतिक्रिया दिएका छन् ।

    आइतबार बिहान सामाजिक सञ्जालमा ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’ यसको अर्थ उनले पब्लिक डिबेट अस्वीकार गरेको देखिएको छ ।

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आतंककारी स्वीकार्न पनि भनेका छन् र लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो रु त्यो पछि अरू कुरा गरौँला ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend