२०८३, आश्विन २० गते

images

तोलाको ३ लाख ३ हजार नाघ्यो सुनको मूल्य, चाँदीको हालसम्मकै उच्च

तोलाको ३ लाख ३ हजार नाघ्यो सुनको मूल्य, चाँदीको हालसम्मकै उच्च

आइतवार, माघ ११ २०८२१०:५२
आइतवार, माघ ११ २०८२१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा प्रतितोला सुनको मूल्यले ३ लाख रुपैयाँ नाघ्को छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार रेकर्ड ब्रेक गर्दै सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको हो । 

    शुक्रबार प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार ४ सय ६० रुपैयाँ तोकिएको छ । 

    आज चाँदीको मूल्य पनि तोलामा २९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ४ सय ९० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य ५ हजार ५ सय ५५ रुपैयाँ ५० पैसा तोकिएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend