काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दी भएको छ । पालिकाकै वडा नम्बर १ का वडाअध्यक्ष नवीन साहको नेतृत्वमा मंगलबारर तालाबन्दी भएको हो ।
गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानी रोक्का गरिएको र चालु आर्थिक वर्षको योजना बाँडफाँटमा असमान व्यवहार गरिएको उनीहरूको आरोप छ ।
नगरप्रमुख डा। दीपेन्द्र महतो तथा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ । तालाबन्दीपछि मंगलबार नगरपालिका पुगेका सेवाग्राहीको काम तथा कार्यालयको नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ ।

