काठमाडौं । “सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सबै कार्यालयमा कार्यरत कर्मचारीहरूद्वारा प्रतिज्ञा कार्यक्रम सम्पन्न गरेको छ।
माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसका रूपमा मनाउने सरकारको घोषणाअनुसार बैंकले उक्त दिवस मनाएको हो। कार्यक्रममा कर्मचारीहरूले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी तथा अन्य गैरकानुनी गतिविधिमा बैंकिङ प्रणालीको दुरुपयोग हुन नदिन प्रचलित कानुनी व्यवस्था पालना गर्ने प्रतिज्ञा गरेका छन्।
प्रधान कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले कर्मचारीहरूलाई प्रतिज्ञा गराएका थिए। कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्दलगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले पनि आ–आफ्ना कार्यालयमा प्रतिज्ञा लिएका थिए।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०२ शाखा, १२७ एटिएम लगायतका संरचना सञ्चालनमा रहेका छन्।

