२०८३, आश्विन २० गते

images

एनआईसी एशिया बैंकको नाफा १३ करोड बढी, कस्तो छ अन्य सूचक ?

एनआईसी एशिया बैंकको नाफा १३ करोड बढी, कस्तो छ अन्य सूचक ?

बिहिवार, माघ १५ २०८२०७:३९
बिहिवार, माघ १५ २०८२०७:३९
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा १३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन बैंकले गत आवको ६ महीनामा कमाएको १५ करोड १७ लाख रुपैयाँ खुद नाफाको तुलनामा १३५४ प्रतिशत कम हो।

    समीक्षा अवधिमा बैंकको आम्दानीमा संचुकन आएको वित्तीय विवरणले देखाएको छ। बैंकले गत आवको पुस मसान्तसम्म ५ अर्ब १६ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरकोमा चालू आवको पुस मसान्तसम्म १५.५४ प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ३८ लाख रुपैयाँमा झरेको छ।

    त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ५ करोड ३९ लाख रुपैयाँबाट घटेर ५ अर्ब ३३ करोड ९१ लाख रुपैयाँमा झरेको छ। यसरी आम्दानीमा गिरावट आएपछि बैंकको सञ्चालन नाफा ३४ करोड १९ लाख रुपैयाँबाट घटेर १९ करोड ७७ लाख रुपैयाँमा झरेको छ।

    त्यस्तै समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २.०४ रुपैयाँबाट घटेर १.७७ रुपैयाँमा सीमित भएको छ भने खराब कर्जा (एनपीएल) ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९८.३३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १८८.४४ रहेको छ।

    चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋणात्मक भए तापनि रिजर्भ फण्डमा भने २२ अर्ब ६ करोड ८१ लाख रुपैयाँ सञ्चित रहेको छ। यस बैंकले २ खर्ब ९ अर्ब ३१ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब २७ अर्ब ५० करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend