२०८३, आश्विन २० गते

images

नबिल बैंकको खुद नाफा पौने ५ अर्ब, वितरणयोग्य नाफा ३ अर्ब २७ करोड रुपैयाँ

नबिल बैंकको खुद नाफा पौने ५ अर्ब, वितरणयोग्य नाफा ३ अर्ब २७ करोड रुपैयाँ

बिहिवार, माघ १५ २०८२०७:४५
बिहिवार, माघ १५ २०८२०७:४५
  • images

    काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा उल्लेख्य रूपमा वृद्धि गर्न सफल भएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्ममा बैंकले ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४६.७१ प्रतिशतले वृद्धि भएको हो।

    बैंकको खुद ब्याज आम्दानी सामान्य रूपमा बढे पनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफामा उल्लेख्य सुधार आएको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशत तथा खुद फि तथा कमिशन आम्दानी ६.६१ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशत र सञ्चालन मुनाफा २६.९५ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिमा बैंकको ४ करोड ८८ लाख रुपैयाँ बराबरको इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ, जसले सञ्चालन मुनाफा र खुद नाफा दुवैमा सकारात्मक प्रभाव पारेको छ।

    नबिल बैंकले हालै ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गरेपछि बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ।

    पुस मसान्तसम्ममा बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सोही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५० पैसा कायम भएको छ।

    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसा वृद्धि भई ३५ रुपैयाँ ४ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको मूल्य–आम्दानी अनुपात १३.९१ गुणा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend