२०८३, भाद्र ४ गते

images

एनएमबि बैंकको खुद नाफा घट्यो

एनएमबि बैंकको खुद नाफा घट्यो

images
बिहिवार, माघ १५ २०८२०७:५४
बिहिवार, माघ १५ २०८२०७:५४
  • काठमाडौँ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    बैंकको खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा बढेका कारण खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशत तथा खुद फि तथा कमिशन आम्दानी २१.१७ प्रतिशतले वृद्धि भएको छ। यससँगै बैंकको कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशतले बढेको छ।

    यद्यपि, इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेपछि बैंकको सञ्चालन मुनाफा १५.२९ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्जको दबाबका कारण सञ्चालन मुनाफा र खुद नाफा दुवैमा संकुचन आएको देखिन्छ। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाख रुपैयाँ रहेको छ।

    नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६८ पैसा घटेर १७ रुपैयाँ १० पैसामा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात १३.९८ गुणा कायम भएको छ।

    हाल १९ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनएमबि बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले २ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend