२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १६.२९...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १६.२९ प्रतिशतले घट्यो

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १६.२९ प्रतिशतले घट्यो

बिहिवार, माघ १५ २०८२०८:०२
बिहिवार, माघ १५ २०८२०८:०२
  • images

    काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा र खुद ब्याज आम्दानी दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेका छन्।

    गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्षको सोही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ। यस अवधिमा बैंकको खुद नाफा १६.२९ प्रतिशतले घटेको हो।

    बैंकको खुद ब्याज आम्दानीमा गिरावट आउनु र इम्पेरमेन्ट चार्ज बढ्नु नै खुद नाफा घट्नुको प्रमुख कारण बनेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.५४ प्रतिशतले बढेको छ। यद्यपि, फि तथा कमिशन आम्दानीको वृद्धिले ब्याज आम्दानीको गिरावटलाई पूरै सन्तुलन गर्न सकेन।

    यस अवधिमा बैंकको खुद सञ्चालन आम्दानी २.८५ प्रतिशत तथा सञ्चालन मुनाफा १६.२१ प्रतिशतले घटेको छ।

    नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा घटेर २७ रुपैयाँ ३५ पैसामा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात २३.१० गुणा कायम भएको छ।

    समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९१ करोड २५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १८ रुपैयाँ १७ पैसा कायम भएको छ।

    हाल १० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको जगेडा कोषमा ११ अर्ब १४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म बैंकले १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend