२०८३, आश्विन २० गते

images

एनआईसी एशिया बैंकको गर्‍यो ‘गोल्ड लोन’ योजना सार्वजनिक, ५० लाखसम्म कर्जा पाइने

एनआईसी एशिया बैंकको गर्‍यो ‘गोल्ड लोन’ योजना सार्वजनिक, ५० लाखसम्म कर्जा पाइने

आइतवार, माघ १८ २०८२०४:१३
आइतवार, माघ १८ २०८२०४:१३
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ प्रतिस्पर्धी ब्याजदरमा नयाँ ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ ।

    यस योजना अन्तर्गत ग्राहकहरूले ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । औसत आधारदरमा १–३ प्रतिशत प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदर लागू गरिएको छ । कर्जा लिन ग्राहकले सुनका बार वा गरगहना धितो राख्न सक्नेछन्। यस अन्तर्गत ग्राहकले बजार मूल्यको ७०–८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

    बैंकले यस योजनामा गरगहना खरिद गर्नका लागि पनि कर्जा सुविधा उपलब्ध गराएको छ । ग्राहकहरू आफ्नो नजिकैको बैंक शाखाबाट कर्जा लिन सक्नेछन् ।

    साथै, ग्राहकलाई सहज रूपमा कर्जा प्रदान गर्न र कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा जिज्ञासा समाधान गर्न बैंकले ‘कर्जा सहायता केन्द्र’ स्थापना गरेको छ। यस केन्द्रमार्फत ग्राहकले समयमै प्रभावकारी सेवा प्राप्त गर्न सक्नेछन् ।

    एनआई सी एशिया बैंकले यस योजनाले समय सापेक्ष आवश्यकता र ग्राहकको माग पूरा गर्ने विश्वास व्यक्त गरेको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend