२०८३, आश्विन १९ गते

images
  • विश्व
  • जेलमुक्त भएसँगै मुख्यमन्त्रीबाट राजीनामा दिने केजरीवालको...

जेलमुक्त भएसँगै मुख्यमन्त्रीबाट राजीनामा दिने केजरीवालको घोषणा

जेलमुक्त भएसँगै मुख्यमन्त्रीबाट राजीनामा दिने केजरीवालको घोषणा

आइतवार, भाद्र ३० २०८१०१:२५
आइतवार, भाद्र ३० २०८१०१:२५
  • images

    काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले दुई दिनभित्र पदबाट राजीनामा दिने घोषणा गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    केजरीवालले दिल्लीमा समयभन्दा अगावै निर्वाचन गर्नुपर्ने माग गरे । उनले जनताको फैसला नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने जिकिर गरे ।

    उनले भने, ‘मैले देशको संविधान र गणतन्त्र जोगाउन राजीनामा दिएको होइन । अब दुई दिनमा राजीनामा दिन्छु । जनताको फैसला नआएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’

    गएको शुक्रबार भारतको सर्वोच्च अदालतले १० लाख भारु धरौटीमा रिहा गर्न आदेश दिएपछि मुख्यमन्त्री केजरीवाल जेलमुक्त भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend