२०८३, आश्विन १९ गते

images

क्यान्सरबाट हरेक वर्ष करिब १० लाखको मृत्यु, आज विश्व क्यान्सर दिवस

क्यान्सरबाट हरेक वर्ष करिब १० लाखको मृत्यु, आज विश्व क्यान्सर दिवस

बुधवार, माघ २१ २०८२०७:४६
बुधवार, माघ २१ २०८२०७:४६
  • images

    काठमाडौँ । आज विश्व क्यान्सर दिवस। क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान तथा उपचारमा जोड दिने उद्देश्यसहित हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइन्छ।

    विश्व क्यान्सर दिवस मनाउने परम्परा सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’पछि सुरु भएको हो।

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार क्यान्सरका कारण हरेक वर्ष विश्वभर करिब १० लाख मानिसको मृत्यु हुने गरेको छ। धूमपान, तमाखु तथा मदिरा सेवन, अस्वस्थ जीवनशैली, असन्तुलित आहार र शारीरिक निष्क्रियता क्यान्सरका प्रमुख कारणका रूपमा रहेका छन्।

    स्वास्थ्य विज्ञहरूले क्यान्सरबाट बच्न स्वस्थ जीवनशैली अपनाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने र प्रारम्भिक चरणमै रोगको पहिचान गरी उपचार सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend