२०८३, आश्विन १९ गते

images
  • अटो
  • बजाजको ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर,...

बजाजको ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर, मोटरसाइकल खरिदमा ७ हजारसम्म छुट

बजाजको ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर, मोटरसाइकल खरिदमा ७ हजारसम्म छुट

बुधवार, माघ २१ २०८२०७:५१
बुधवार, माघ २१ २०८२०७:५१
  • images

    काठमाडौं । बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गर्दै ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ अफर सार्वजनिक गरेको छ। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ल्याएको यस योजनाअन्तर्गत १०० सीसीदेखि १५० सीसीसम्मका बजाज मोटरसाइकल खरिद गर्दा ७ हजार रुपैयाँसम्म छुट उपलब्ध गराइनेछ।

    यस योजनाबारे गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नयाँ जीवनको सुरुवात गर्ने जोडीलाई सहज र भरपर्दो सवारी साधन उपलब्ध गराउने उद्देश्यले अफर ल्याइएको बताए। “नयाँ जिम्मेवारीसँगै जीवनको नयाँ अध्याय सुरु गर्नेहरूका लागि यो योजना ल्याएका हौं। नयाँ सोच र नयाँ संकल्पसँगै जीवनलाई अझ सहज बनाउने हाम्रो विश्वास छ,” उनले भने।

    योजना मुख्यतः नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यसबाट सबै ग्राहकले लाभ लिन सक्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार यो अफर माघ १५ गते बिहीबारदेखि नै लागू भइसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend