२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री,...

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री, बोलाईन सरोकारवालाको बैठक

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री, बोलाईन सरोकारवालाको बैठक

सीएनएन खबर
बुधवार, माघ २१ २०८२१०:२५
सीएनएन खबर
बुधवार, माघ २१ २०८२१०:२५
  • images
    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गरेकी छिन् । 
     
    यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
     
    केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् । 
     
    स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई रु १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend