२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • नेपाल एसबिआई बैंक र ‘केएसडीई’ परियोजनाबीच...

नेपाल एसबिआई बैंक र ‘केएसडीई’ परियोजनाबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल एसबिआई बैंक र ‘केएसडीई’ परियोजनाबीच समझदारी पत्रमा हस्ताक्षर

शुक्रवार, माघ २३ २०८२०३:२०
शुक्रवार, माघ २३ २०८२०३:२०
  • images

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ‘केएसडीई’ (K-SDLE) परियोजनासँग समझदारी पत्र (MOU) मा हस्ताक्षर गरेको छ। उक्त परियोजना जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (GIZ) द्वारा सञ्चालन हुँदै आएको हो।

    केएसडीई परियोजना जर्मनी सरकारको आर्थिक सहयोग, नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ९ःयएक्ष्त्० तथा न्यू अर्बन मोबिलिटी इनिसियटिभ(NUMI) को सहकार्यमा कार्यान्वयन भइरहेको छ। परियोजनाको मुख्य उद्देश्य नेपालको सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोगलाई सर्वस्वीकार्य बनाउनु रहेको छ।

    परियोजनाअन्तर्गत सार्वजनिक यातायात सञ्चालकहरू तथा त्यसमाथि लगानी गर्ने बैंक तथा वित्तीय संस्था र हायर पर्चेज कम्पनीहरूलाई विभिन्न वित्तीय तथा गैर–वित्तीय प्रोत्साहन प्रदान गरिनेछ। यसमार्फत सार्वजनिक यातायात प्रणालीलाई दिगो, सुविधाजनक र प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ।

    केएसडीई परियोजनाले ३ हजार ५ सय विद्युतीय माइक्रोबस तथा मिनिबस खरिद तथा सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेज उपलब्ध गराउने जनाएको छ। साथै विद्युतीय सवारीमा जीपीएस, ई–टिकटिङ उपकरण तथा नेटवर्किङ प्रणाली जडान गरी केन्द्रीय वेब पोर्टलमार्फत सबै सवारी साधनलाई एउटै प्रणालीमा आबद्ध गरिनेछ।

    समझदारी अनुसार नेपाल एसबिआई बैंकले वित्तीय मध्यस्तकर्ताको भूमिकामा रही हरित पहललाई प्रवर्द्धन गर्ने र दिगो यातायात प्रणाली विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

    समझदारी पत्रमा बैंकका प्रमुख कर्जा अधिकृत रोशन कोइराला तथा परियोजनाका तर्फबाट जीआईजेड नेपालका प्रमुख सल्लाहकार डा. माइकल स्यान्डरबीच हस्ताक्षर आदान–प्रदान भएको थियो।

    नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend