२०८३, आश्विन १९ गते

images
  • अटो
  • भ्यालेन्टाइन डेमा टाटाको अफर, टियागो इभी...

भ्यालेन्टाइन डेमा टाटाको अफर, टियागो इभी २४ लाख ९९ हजारमै

भ्यालेन्टाइन डेमा टाटाको अफर, टियागो इभी २४ लाख ९९ हजारमै

सीएनएन खबर
शुक्रवार, माघ २३ २०८२०७:३६
सीएनएन खबर
शुक्रवार, माघ २३ २०८२०७:३६
  • images

    काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन डे लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा अफर सार्वजनिक गरेको छ ।

    ‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजनाअन्तर्गत ग्राहकहरूले टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन् । यसअघि २७ लाख ४९ हजार रुपैयाँ रहेको टियागो इभीको बजार मूल्य सीमित अवधिका लागि घटाएर २४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । यो अफर सबै नयाँ टियागो इभीमा लागू हुनेछ ।

    नयाँ प्रविधि र आधुनिक जीवनशैली सुहाउँदो सवारी साधन खोज्ने ग्राहकहरूका लागि यो योजना उत्कृष्ट अवसर हुने सिप्रदीको विश्वास छ । विशेषगरी सहरको भिडभाडमा सहज यात्रा र कम सञ्चालन खर्चका कारण टियागो इभी युवा पुस्ता तथा नयाँ जोडीहरूबीच लोकप्रिय बन्दै गएको छ ।

    टाटा टियागो इभी आफ्नो प्रिमियम फिचर्स, सहरका सडकका लागि उपयुक्त साइज र उत्कृष्ट कार्यक्षमताका कारण नेपाली बजारमा निकै रुचाइएको मोडल हो । सिप्रदीका अनुसार यो विशेष मूल्य आगामी फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ ।

    इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका शोरुमहरूमा पुगेर यस अफरको लाभ लिन सक्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend