२०८३, आश्विन १९ गते

images

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

सीएनएन खबर
शनिवार, माघ २४ २०८२०८:१७
सीएनएन खबर
शनिवार, माघ २४ २०८२०८:१७
  • images

    काठमाडौँ । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० को फराकिलो अन्तरको जित निकाल्दै भारत च्याम्पियन बनेको हो ।

    भारतले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ४२औँ मिनेटमा कप्तान जुलान नोङमेथेमले गोल गरेर अग्रता बनाएकी हुन् । एलिजावेद लार्काले ६३औँ मिनेटमा अग्रता बनाएकी थिइन् । 

    भारतले खेलको ६८औँ मिनेटमा पेनाल्टी पायो । बङ्गलादेशकी गोलकिपर बेगमले पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा पर्ल फर्नान्डेजले गोल गरेकी थिइन् । यसैगरी अन्विता रघुरामनले ८३औँ मिनेटमा गोल गरेपछि भारतले फराकिलो अन्तरको जित निकाल्न सफल भयो । 

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि बङ्गलादेशकी अल्पी अक्तरले पाएकी छिन् । उत्कृष्ट गोल रक्षक भारतकी मुन्नी बन्दा फेयर प्ले अवार्ड भारतले पाएको छ । यही माघ १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार टोलीको सहभागिता थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend