२०८३, आश्विन २० गते

images

फेरि घट्यो व्याजदर, कुन बैंकको कति ?

फेरि घट्यो व्याजदर, कुन बैंकको कति ?

सोमवार, भाद्र ३१ २०८११२:३३
सोमवार, भाद्र ३१ २०८११२:३३
  • images

    काठमाडौं । वाणिज्य बैंकहरूले फेरि निक्षेपमा व्याज घटाएका छन । असोज महिनाका लागि बैंकहरुले निक्षेपको ब्याजदर थप घटाएका हुन् । यद्यपी सरकारी बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन् ।

    अन्य १० बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट छन् ।

    स्थिर राखेकामा लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन छन् । असोज महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज दिनेमा एनआईसी एसिया बैंक छ । जसले अधिकतम ७.१८ प्रतिशत ब्याज दिने भएको छर

    त्यस्तै असोजमा व्यक्तिगत मुद्दतीमा न्यूनतम ब्याजदर भने सानिमाको ५.९ प्रतिशत छ । करिव १४ प्रतिशतसम्म व्याज दिने बैंकहरु पछिल्लो समय ६ प्रतिशतभन्दा कम व्याज दिने अवस्थामा आएका छन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend