२०८३, आश्विन २० गते

images

नेपाल एसबिआई बैंकले दियो मधेश प्रदेशका ८ सयभन्दा बढी गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई सहयोग

नेपाल एसबिआई बैंकले दियो मधेश प्रदेशका ८ सयभन्दा बढी गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई सहयोग

बिहिवार, फाल्गुण १४ २०८२०५:०५
बिहिवार, फाल्गुण १४ २०८२०५:०५
  • images

    काठमाडौँ । नेपाल एसबिआई बैंक लि. द्धारा मधेश प्रदेशका विभिन्न जिल्लाका विद्यालयलाई सहयोग गरेको छ । बैंकले ती जिल्लामा रहेका विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै व्हाइट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबुल, विद्यालय पोसाक, स्कुल ब्याग र अन्य शैक्षिक तथा खेलकुद सामग्रीहरु प्रदान गरेको हो । 

    बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा स्थित  आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवन स्थित जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराज स्थित जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा बौद्घिक अपाङ्गता विद्यालय र रौतहट जिल्लाको चन्द«पुर स्थित दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग पु¥याउने उद्धेश्यले उक्त सहयोग गरिएको जनाएको छ । 

    उक्त सहयोगले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ । यस कार्यक्रमबाट गरिब तथा बिपन्न बर्गका ८०० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend