२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक...

पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा

पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा

शुक्रवार, फाल्गुण १५ २०८२११:०१
शुक्रवार, फाल्गुण १५ २०८२११:०१
  • images

    काठमाडौँ । ४४ औं मगर एकता दिवसको अवसरमा पाल्पाका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले सूचना जारी गर्दै बिदा दिएका हुन् ।

    जिल्लाका मथागढी, निस्दी, पूर्वखोला, बगनासकाली, तिनाउ, रम्भा रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका रामपुर र तानसेन नगरपालिकाले आज एक दिन बिदा दिएका छन् ।

    ती पालिकाहरुले पालिकाका कार्यालय र मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक संघसंस्थामा अत्यावश्यक बाहेक सेवा बन्द रहने जानकारी दिएका छन् ।

    मगर समुदायको बाहुल्यता रहेको पाल्पामा दिवसको अवसर पारेर पालिका, वडा तथा टोलटोलमा मौलिक सांस्कृतिक झाँकी प्रदर्शनसहित विविध कार्यक्रमहरू हुँदैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend