२०८३, आश्विन २० गते

images
  • राजनीति
  • इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित...

इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीले गरे आग्रह

इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीले गरे आग्रह

शनिवार, फाल्गुण १६ २०८२०५:२९
शनिवार, फाल्गुण १६ २०८२०५:२९
  • images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यूएई, इजरायल र इरानमा रहेका नेपालीहरूलाई सुरक्षित र सजग रहन आग्रह गरेका छन् ।

    इजरायलले शनिबार फेरि इरानमा हवाई आक्रमण शुरू गरेपछि उनले सामाजिक सञ्जालमार्फत यूएई, इजरायल र इरानमा रहेका नेपालीहरूलाई सतर्क रहन आग्रह गरेका हुन् ।

    ‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ। यूएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

    यसअघि मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल सरकारले पनि इजरायल र इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

    इजरायलको आक्रमणले मध्यपूर्वमा बढ्दो तनावलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

    इजरायली रक्षा बल (आईडीएफ)ले प्रहार पुष्टि गर्दै आफ्नो मिसाइल रक्षा प्रणाली सक्रिय गरेको र प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल आश्रय लिन मोबाइल अलर्टमार्फत निर्देशित गरिएको बताएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend